Rule 51
जरिबाना वा कारबाही सम्बन्धी कार्यविधि
  (१) मुद्दा चलेकोमा बाहेक ऐन बमोजिम जरिबाना गर्न सक्ने अधिकार प्राप्त निकायले कुनै व्यक्तिलाई जरिबाना गर्नु पर्दा जरिबाना गर्नु पर्ने कामको संक्षिप्त व्यहोरा, जरिबाना गर्नु पर्ने कारण तथा आधार र जरिबाना रकम प्रस्ताव गरी निजलाई आफ्नो सफाई पेश गर्न कम्तीमा सात दिनको समय दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अवधिभित्र सफाई पेश नगरेमा वा पेश गरेको सफाई सन्तोषजनक नभएमा त्यस्तो व्यक्तिलाई ऐन बमोजिम जरिबाना गर्नु पर्नेछ ।